Sajhamanch Archive

आईपिएल : कोलकातामाथि मुम्बईको सानदर जित

Published: in खेलकुद by .

एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ ।

उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित हात पारेको हो ।

इओन मोर्गन, आन्द्रे रसेल जस्ता खेलाडी भएको कोलकाताले मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए ।

आफूलाई तेस्रो नम्बरमा प्रमोट गरेका कप्ता दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे । मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए । मुम्बईका लागि ट्रेन्ट बोल्ट, जेम्स व्याटिनसन, जसप्रित बुमराह र राहुल चाहरले २(२ विकेट लिए ।

त्यसअघि अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको शानदार ब्याटिङमा २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । रोहितले ५४ बल खेल्दै ८० रन बनाए । अर्धशतकबाट ३ रनले चुकेका सूर्य कुमार यादवले २८ बल खेल्दै ४७ रन जोडे । कोलकाताका लागि शिवम माभीले २ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *