झापा गाउँपालिकामा एक जना बृद्धको कोरोनाका कारण मृत्यु
Published: (Updated: )
by .झापा । झापामा कोरोनाबाट एक जना बृद्धको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं. ६ सानो चप्रामारी निवासी एक ७७ वर्षिया बृद्धको गए राती मृत्यु भएको हो ।
मृतक बृद्धमा कोरोना भाइरसको संक्रमण पोजेटिभ पुष्टि भएको झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिए ।
मृतक बृद्धका कान्छा छोरा केही दिन अघि बिर्तामोडबाट बुबा भेटन चप्रमारी आएका थिए। उनमा गत असोज ३ गते कोभिड–१९ को संक्रमण पोजेटिभ देखिएको थियो। हाल उनी भद्रपुर आइसोलेसनमा रहेका छन ।
छोरोले भेटेर गएपछी मृतकमा सामान्य ज्वरो, रुघाखोकीको लक्ष्यण देखिएको थियो। त्यसपछी क्रमस रुघाखोकीले च्याप्दै गएपछी गए राती बृद्धको मृत्यु भएको पारिवारिक स्रोतले बतायो । बृद्ध दमको पनि बिरामी थिए ।
हाल मृतकको शबको व्यबस्थापन गर्न चारआलीमा रहेको नेपाली सेनाको टोली आउने तयारी भइरहेको स्वास्थ्य साखा प्रमुख बिश्वकर्माले जानकारी दिए ।
Comments