Sajhamanch Archive

पुर्वप्रधानमन्त्री खनालले दिए इलाम अस्पताललाई पिपिई

Published: in समाज, स्वास्थ्य by .

इलाम । पुर्वप्रधानमन्त्री एवम इलाम क्षेत्र नं.१ का संघीय सांसद झलनाथ खनालले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

खनालले इलाम अस्पतालका लागि २५ थान पिपिई र १ सय थान गगल्स वितरण गरेका छन् । विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री वितरण गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खनालले स्वास्थ्य सुरक्षा सामाग्री इलाम अस्पतालका प्रतिनिधीलाई हस्तान्तरण गरेका छन् । चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा खनालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *