कमल गाउँपालिकाको कोभिड अस्पताल सञ्चालनको तयारी
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकाद्वारा निर्माणाधिन अवस्थामा रहेको अस्थायी कोभिड १९ अस्पताल असोज दोस्रो साता सम्ममा सञ्चालनमा आउने भएको छ ।
गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माणाधिन कोभिड १९ अस्पतालको सम्पुर्ण काम सम्पन्न भएको तर विद्युतको काम भईरहेकोले यही असोज दोस्रो साता देखि सञ्चालनमा आउने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।
अस्पतालमा तत्काल ५ वेडको आईसोलेसनसहित सञ्चालनमा आउने र तीन महिना पछि कार्यप्रगतिको आधारमा थप गर्दै लगिने गाउँपालिकाले जनाएको छ । हाल गाउँपलिकाको वडा नम्वर ३ मा रहेको क्वारेन्टाईन समेत यसै अस्पतालबाट सञ्चालन गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
नेपाल सरकारले अस्पताल नभएका स्थानिय तहमा न्युनतम ५ वेडको कोभिड १९ अस्पताल सञ्चलन गर्ने निर्देशन भए अनुसार कमल गाउँपालिकाले प्रदेश नम्वर १ मा सबै भन्दा पहिले अस्पताल सञ्चालनमा ल्याउन लागेको गाउँपालिकाले जनाएको छ ।
अस्पताल सञ्चालनकालागी तत्काल एमविविएस डाक्टर १ जना स्टाफ नर्स २ जना र कार्यालय सहयोगी १ जना नियुक्ति भैसकेको र आवश्यक परेमा गाउँपालिकाले थप कर्मचारी परिचालन गर्ने अधिकृत श्रेष्ठले जानकारी दिए ।
Comments