Sajhamanch Archive

कामेक्षामा कमी : खल्लो यौन जीवन

Published: in टिप्स/जानकारी by .

सामान्यतया मान्छेमा यौन इच्छाबारे नाप लिने कुनै मानक छैन । मान्छे र उमेर अनुसार यसको मात्रामा पनि भिन्नता आउन सक्छ । एउटै मान्छेको जीवनकालमा पनि पहिले र पछि यौन उत्तेजनामा थपघट हुन सक्छ । कामेक्षामा आउने कमी एक आम समस्या हो जसले महिलाहरुको यौन जीवनका काहीँ न काँही समस्या पारिरहेकै हुन सक्छ ।

कामेक्षा एउटा यस्तो शब्द हो जसले जहिलै पनि यौन गतिविधि सम्बन्धी इच्छालाई व्यक्त गर्ने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यौन स्वास्थ्य शारीरिक, भावनात्मक र मानसिक एवं सामाजिक कल्याणको एक अवस्था हो ।

कामेक्षाको कमी के हो ?

कम कामेक्षाको अर्थ हुन्छ कि यौन सम्बन्धको कमी या सम्भोग गर्न मा रुचि कम हुनु वा मनै नहुनु हो । यद्यपि कम कामेक्षा दुवै लिंगलाई प्रभावित गर्ने स्वभावको हुन्छ । तर पुरुषको तुलनामा महिलामा यो सामान्यतया अधिक हुने गर्छ ।

एक महिलाको यौन इच्छामा स्वाभाविक रुपले उसको उमेरले प्रभाव पारेको हुन्छ । यो उतार चढाव आम रूपले कुनै पनि सम्बन्धको सुरुवात वा अन्तको साथ जीवनमा हुनेवाला प्रमुख परिवर्तन जस्तो गर्भावस्था, रजोनिवृत्ति या बिरामीको साथमा मेल खान्छ ।

केही एन्टीडिप्रेसेन्ट्स र उद्वेग विरोधी औषधि समेत महिलाहरूमा कम कामेक्षाको कारण बन्ने गर्न । यौन इच्छा गुमाउनुका अलावा महिलाहरूमा मासिक धर्मको क्रममा चरम पीडाको सामना समेत कामेक्षामा आएको कमीले गर्ने गर्छ ।

सेक्समा रुचि नहुने पुरुषको लागि त्यस्तो स्वास्थ्य समस्या हुने गर्दैन जति महिलालाई हुन्छ । किनकि यो लगभग १५ प्रतिशत पुरुषमात्रै यसबाट प्रभावित छन् । तर पुरुषको तुलनामा झण्डै दुई गुणा महिलाहरू यसबाट प्रभावित हुन्छन् । यो आँकडा अमेरिकी स्वास्थ्य संस्थाले गरेको अध्ययनमा आधारित हो ।

न्युयोर्क सहरको कपल्स थेरापिस्ट र मैटिङ इन क्याप्टिभिटीका लेखक एस्थर पेरेल भन्छन् ‘जब पुरुषले कामेक्षा गुमायो भने ऊ महिलाको तुलनामा धेरै डराउँछ । किनकि केटाहरूको पुरुषत्व उसको कामेक्षासँग जोडिएको हुन्छ ।’

कामेक्षाको कमीका लक्षणहरू

पुरुष र महिलामा कामेक्षाको कमी आउने लक्षणहरू

पुरुषको कामेक्षाको कमी भएको लक्षण

–यौन उत्तेजना र इच्छामा कमी आउनु

–यौन सम्पर्कको समयमा खराब प्रदर्शन

–थकान र ऊर्जामा कमी

–आत्मसम्मान र आत्मविश्वासमा कमी

–शारीरिक तौलमा बृद्धि

–मांसपेशीमा समस्या

–धेरै कपाल झर्नु

–हड्डीको द्रव्यमानमा कमी

–वीर्यको मात्रामा कमी आउनु आदि

महिलमा कामेक्षाको कमी भएको लक्षण

–कुनै यौन रोग

–सम्भोगको क्रममा दुखाइ

–मुत्र प्रणाली र जनेन्द्रियमा विकार

–योनीमा विकार

–यौन सम्पर्कबाट सन्तुष्टि नमिल्नु

–शारीरिक कमजोरी या थकान

–ऊर्जामा कमी आउनु

–हार्माेनमा उतारचढाव

–मनोदशामा बदलाव

–कम आत्मविश्वास र आत्मसम्मान

कामेक्षा कम हुने कारण

पुरुष र महिलामा कामेक्षाको कमीको छुट्टा छुट्टै कारणहरू हुने गर्छ ।

पुरुषमा कामेक्षाको कमी हुने कारणहरू

–अल्कोहल र विभिन्न किसिमका औषधिहरूको अत्यधिक सेवन

–उच्च रक्तचाप पनि कामेक्षाको कमी हुने कारण हुन सक्छ ।

-अत्यधिक हस्तमैथुन गर्नु

–  हरियो तरकारी र फल सहितको स्वस्थ आहारको कमी

– सर्जरीका कारण हुन सक्ने कुनै प्रभाव

-कुनै मनोविकारका साथै तनावको स्तरमा वृद्धि

–    व्यायाम नगर्नु

-साथीसँग अत्यधिक यौन सम्पर्क गर्नु

– गम्भीर बिरामी या खतरनाक स्वास्थ्य समस्या

महिलामा देखिने कामेक्षाको कमीका कारण

–रजोनिवृत्ति

–अन्य स्वास्थ्य समस्या

–यौन समस्या

–औषधिहरू

–सर्जरी

–स्तनपान र गर्भावस्था

-खराब यौन व्यवहार

– मनोवैज्ञानिक कारण

कामेक्षाको कमीको उपचार

महिला र पुरुष दुवैलाई कम कामेक्षाको निदानका लागि एक शारीरिक परीक्षणको आवश्यकता पर्ने गर्छ । किनकि कैयौं पटक मधुमेह र मुटुरोग जस्ता बिरामीबाट पनि पुरुष या महिलामा समेत कामेक्षा कमी हुन सक्छ । यौन सम्बन्धमा विभिन्न समस्याहरूले पनि कामेक्षा कम हुन सक्छ ।

यौन सम्पर्कको समयमा योनीमा हुने जुनसुकै खाले दुखाइ पनि असामान्य हुने गर्छ । यसले कामेक्षालाई प्रभावित गराउन सक्छ । त्यसैले यस्तो समस्या देखियो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

चिकित्सकसँगको सल्लाहको समयमा आफूले जस्तो सुकै औषधि लिएको भए पनि त्यस विषयमा समेत बताउनु पर्नेछ । यो पुरानो रोग हो या त नयाँ देखिएको लक्षण हो ? आफूलाई केकस्ता समस्याहरू भएका थिए जस्ता विषयको बारेमा पनि चिकित्सकलाई यथार्थ जानकारी दिनुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *