Sajhamanch Archive

सार्क परिणाममुखी क्षेत्रीय संगठन बन्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली जनताको जीवनमा महसुस गर्न सकिने परिवर्तन ल्याउन सार्क प्रभावकारी एवं परिणाममुखी क्षेत्रीय संगठन बन्नुपर्ने बताएका छन् ।

बिहीबार आयोजित सार्कका मन्त्रिस्तरीय भर्चुअल बैठकमा मन्त्री ज्ञवालीले सार्कका सबै सदस्य राष्ट्रहरुलाई सकेसम्म छिटो १९ औं शिखर सम्मेलन गर्ने व्यावहारिक विकल्पको खोजी गर्न र सार्कलाई नयाँ गति दिन आग्रह समेत गरे ।

मन्त्री ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्कका सदस्यहरुको बीचमा गहन समन्वयको जरुरी रहेको बताए । बैठकमा सार्क मुलुकका सबै राष्ट्रका विदेशमन्त्रीहरुको सहभागिता थियो ।

स्रोत : अनलाइनखब

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *