शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण
Published: (Updated: )
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ जनाको परीक्षणमा १३१३ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८६४ पुगेको छ ।
Comments