Sajhamanch Archive

झापामा थपिए १४ जना कोरोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका वडा नं. १० का १० जनामध्ये १ महिला र ९ जना पुरुष रहेको बताए । उनका अनुसार १० जनामा ७ जना कारागारका कैदीबन्दी, २ जना प्रहरी र १ जना कारागारका कर्मचारी हुन् ।

उनीहरु २२ वर्षकादेखि ७५ वर्ष उमेरसम्मका संक्रमित कैदीबन्दी स्थानीय रहेको बताइएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ५ का ६० वर्षीय १ जना महिला, शिवसताक्षी नगरपालिका वडा नं.१ का ७१ वर्षीय १ जना पुरुष र झापा गाउँपालिका वडा नं.६ का ५२ र १७ वर्षीय २ जना स्थानीय रहेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८३६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *