Sajhamanch Archive

प्रदेश १ मा थपिए १८१ कोरोना संक्रमित, ३६ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबार १८१ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेर्‍हथुम र प्रदेश १ बाहिरका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ पुरुष रहेका छन् ।

मोरङको कटहरीमा ८ महिला, ९ पुरुष, बुढीगंगामा ३ महिला, ११ पुरुष, जहदा र धनपालथानमा दुई-दुई पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका एक-एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको दुहबीमा १ महिला, ४ पुरुष, धरान र इटहरीमा एक-एक पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा एक-एक पुरुष, भोजपुरको स्थानीय तह नखुलेका एक महिला, एक पुरुष, तेर्‍हथुमको लालीगुराँसमा एक पुरुष र प्रदेश बाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *