Sajhamanch Archive

झापामा आइतबार थपिए तीनजना कारोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज तीनजनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं.१ की एकजना ९० वर्षीय बृद्धा, अर्जुनधारा नगरपालिका वडा नं.३ का एक ५१ वर्षीय पुरुष र दमक नगरपालिका वडा नं.५ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

उनीहरु सबै स्थानीय हुन् । झापामा योसँगै कोरोना संक्रमितको संख्या ८४७ पुगेको छ । आजसम्म ७७४ जना उपचार पछि डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *