Sajhamanch Archive

खोलाले बगाउँदा दम्पतीको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by .

मकवानपुर । खोला तरेर गाउँपालिका जाने क्रममा मकवानपुरगढीका श्रीमान् र श्रीमतीलाई खोलाले बगाएको छ । सामरी खोलाले बगाएका दम्पती मृत अवस्थामा भेटिएका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं.६ का ६५ वर्षीय का ज्ञानबहादुर परियार र उनकी श्रीमती की ६१ वर्षीय तुलसा परियारको सामरी खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई खोलाले बगाएको देखेपछि स्थानीयले खबर गरेका थिए । दुवै जनालाई खोलाले बगाएर झण्डै एक किलोमिटर तलसम्म पुर्‍याएको थियो ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *