Sajhamanch Archive

स्पेनिस लिजेन्ड पिकेले लिए सन्यास

Published: in खेलकुद, by .

स्पेनका लिजेन्ड तथा बार्सिलोनाका डिफेन्डर समेत रहेका जेरार्ड पीकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

सेन्टर ब्याक ३१ वर्षीय पीकेले देशका लागि १०२ क्याप जितेका थिए। स्पेनको राष्ट्रिय टिममा २००९ देखि २०१८ सम्म नियमित टिमका सदस्य रहँदा स्पेनलाई एकपटक विश्वकपको उपाधि समेत दिलाउन महत्त्वपूर्ण भूमिका खेले।

उनले २०१० को विश्वकप जिताउन टिमका लागि निर्णायक भूमिका निभाएका थिए। त्यसपछि २०१२ को युरोकप पनि स्पेनले जितेको थियो। त्यसबेला पीकेको ‘फर्म’ उत्कर्षमा थियो। उनले पाँच गोल सम्भव बनाएका थिए। तर जेरार्डसँग स्पेनिस समर्थकको सम्बन्ध भने खास राम्रो रहेन। उनी क्याटलानलाई स्वतन्त्र हुन दिनुपर्ने मत राख्छन्। यसका कारण उनी धेरै विवादमा समेत तानिएका थिए।

क्याटलानमा करिब ७५ लाख जनसंख्या छ। उनीहरु स्पेनले सौतेनी व्यवहार गरेको भन्दै छुट्टै राष्ट्रको मान्यताका लागि जनमत संग्रह गर्न दिनुपर्ने आवाज उठाउँदै आएका छन्। ‘मैले प्रशिक्षक लुईस इनरेकेलाई आफ्नो निर्णयबारे अवगत गराइसकेको छु’, सन्यासपछि पीकेले भने, ‘मैले स्पेनिस टिमसँग निकै राम्रो समय बिताए। स्पेनको सफलताको एक हिस्सा बन्न पाएकोमा मलाई निकै खुसी लागेको छ।’

राष्ट्रिय टिममा रहँदा निकै राम्रो समय बिताएको उनको भनाइ छ। ‘टिमले विश्वकप तथा युरोकप जित्दा म टिमको सदस्य भएकोमा निकै गर्व महसुस भएको छ तर अब मेरो ध्यान बार्सिलोनाकै लागि मात्र केन्द्रित हुनेछ’, उनले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *