Sajhamanch Archive

झापामा सशस्त्र प्रहरी वलका १८ वटा वोर्डर आउटपोष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापामा निर्माण गरिएका तीनवटा भवनको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले यो वर्ष झापामा नौ वटा वोर्डर आउटपोष्ट थप गर्न लागिएको बताए । कोभिड १९ को बढ्दो संक्रमणका बीच पनि सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रमा प्रहरीले प्रभावकारी काम गरेको बताए ।

संघीय सरकारबाट आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वजेटले महिला ब्यारेक ३१ लाख ८५ हजार १ सय २० रुपैयाँ, जवान व्यारेक ४० लाख २४ हजार ८ सय ८ रुपैयाँ र मेस ब्लक १९ लाख ७५ हजार १ सय ४२ हजार रुपैयाँमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले बताए ।

झापामा यो वर्ष कचनकवल ५ पाठामारी, भद्रपुर ५ भन्सार कार्यालय झापा गाउँपालिका ५ पन्थापाडा, मेचीनगर १ तिरिङ,गौरीगञ्ज २ आँपगाछी, भद्रपुर ३ महेसपुर, मेचीनगर ५ नकलबन्धा, मेचीनगर १५ ज्यामिरगढीमा बोर्डर आउटपोष्ट निर्माण हुन लागेका हुन् । यो संगै झापामा सशस्त्र प्रहरी वलका १८ वटा वोर्डर आउटपोष्ट हुने भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *