Sajhamanch Archive

विवेचना दैनिकको सह–सम्पादकमा तिम्सिना

Published: in लोकप्रिय, समाज by .

झापा । विवेचना दैनिकको सह–सम्पादकमा पत्रकार तीर्थ तिम्सिना नियुक्त भएका छन् । प्रकाशन समूहको बैठकले उनलाई सह–सम्पादकमा नियुक्त गरेको हो ।

युवा पुस्ताका मेहनती पत्रकार तिम्सिना चार वर्षदेखि विवेचनामा आवद्ध छन् । बुद्धशान्ति गाउँपालिका वडा नं.३ घर भएका तिम्सिना बुद्धशान्ति मिडिया हाउस प्रालिद्वारा प्रकाशित पूर्वेली साप्ताहिकमा पनि आवद्ध छन् ।

सह–सम्पादकमा नियुक्त भएका तिम्सिनाले विवेचना र यसको डिजिटल संस्करणमा नयाँ ढंगले काम गर्दै प्रकाशनलाई थप उचाईमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *