Sajhamanch Archive

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in समाज, स्वास्थ्य by .

मोरङ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस कोभिड(१९ का एक महिला संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार धरान २ की ३८ वर्षीया महिलाको सोमबार विहान पौने ६ बजे मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विरामीलाई आइतबार राति ११ बजेर ५० मिनेटमा प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरिएको थियो। विरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएको थियो। कोरोनासंग लक्षण मिल्दोजुल्दो देखिएपछि विरामीको राती नै पीसीआर परीक्षण गरिएको र रिपोर्ट पोजिटिभ आएको प्रवक्ता सापकोटाले जानकारी दिए।

यससंगै हालसम्म वीपी प्रतिष्ठानमा ३५ जना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी, प्रदेश १ मा १९ महिला र ४५ पुरुष गरी कुल ६४ जनाको संक्रमणकै कारण मृत्यु भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *