Sajhamanch Archive

इलाम बन्यो कोरोना संक्रमण मुक्त जिल्ला

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

इलाम । इलाम कोरोना संक्रमण मुक्त जिल्ला बनेको छ । देशैभर कोरोना संक्रमणको दर बढिरहँदा इलाममा भने कोरोना संक्रमितको संख्या शुन्य भएको हो ।

कोरोनाका सक्रिय सङ्क्रमितहरू निको भएर घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो ।

जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ ।

अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो ।

जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *