Sajhamanch Archive

झापामा आज चारजनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंका अनुसार दुई सुरक्षाकर्मीसहित चारजना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा भद्रपुरमा २ जना सुरक्षाकर्मी रहेका छन् । उनीहरु मेचीनगर र खोटाङ ठेगाना भएका हुन् ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ८ का ५३ बर्षीय १ स्थानीय पुरुष र झापा गाउँपालिका वडा नं ६ का ३५ बर्षीय १ स्थानीय पुरुषमा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *