Sajhamanch Archive

ओम्‍नीको पक्षमा सर्वोच्चको आदेश

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सर्वोच्च अदालतले सरकारले कालोसूचीमा राखेको ओबिसीआई लिमिटेड प्रालि (ओम्‍नी) को पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्रीमा अनियमितता र विवादमा तानिएको ओम्‍नीकै पक्षमा हुने गरी सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले ओम्‍नीलाई कालोसूचीमा राख्‍ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ । सरकारले कालोसूचीमा राख्‍ने निर्णय गरेपछि सोविरुद्ध सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए । असोज ९ गते ओम्‍नीकातर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *