Sajhamanch Archive

प्रदेश १ मा ८३ कोरोना संक्रमित थपिए,४४ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुंगामा ४, खोटाङ र झापामा २-२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७ महिला र ७ पुरुष, इटहरीमा २ महिला र ९ पुरुष, दुहबीमा ३ महिला र ५ पुरुष, हरिनगरमा एक पुरुष, स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ महिला र १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला र एक पुरुष, सुन्दरहरैँचामा एक महिला र १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका एक महिला र दुई पुरुषमा संक्रमण देखिएको छ ।

उता ओखलढुंगाको सिद्धिचरणमा एक महिला र दुई पुरुष, सुनकोशीमा एक पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका एक-एक पुरुष, झापाको मेचीनगर र विर्तामोडमा एक-एक पुरुष, धनकुटा र इलाममा एक-एक महिला र प्रदेश १ बाहिरका तीन महिला र चार पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।

प्रदेश १ मा सोमबार ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आइसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ८६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *