Sajhamanch Archive

‘कोरोनाको जोखिम अझै पूर्वानुमान गर्न सकिन्न’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए ।

‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण नियन्त्रणको अवस्थामा जान्छ । अझै पूर्वानुमान गर्न सकिने अवस्था छैन’ मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको मन्त्री ज्ञवालीले बताए । ‘यो बेला सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुरत छ’ उनले भने ।

सर्वसाधारणले सरकारी आदेश निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै उनले चाडपर्वको बेलामा थप सतर्क हुनुपर्ने बताए ।

‘यत्रो खुला सीमाना भएइको मुलुकमा जति भयावह हुन सक्थ्यो । त्यसमा जति जोखिम थियो, यसको तुलनामा कम नै छ’ मन्त्री ज्ञवालीले भने, ‘तर जोखिम उच्च नै छ । आगामी दिनमा चाडबाडको समय आउँदैछ ।  स्वास्थ्य सतर्कतालाई कहिँ कतै पनि कम नगर्नुहुन विज्ञको सुझाव मान्न आग्रह गर्न चाहन्छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *