Sajhamanch Archive

ट्राफिक नियम तोड्नेलाई यस्तो अनौठो सजाय

Published: in विविधा, by .

भारतमा ट्राफिक नियमको उल्लंघन धेरै नै हुनेगर्छ । धेरैजसो सडक दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन पनि हो ।

ट्राफिक नियम पालना नगर्नेमाथि आम रुपमा जरिवाना गरिने चलन हुन्छ । तर तेलंगनाको जोगुलंबा गडवाल जिल्लामा यसरी नियम उल्लंघन गर्नेलाई अनौठो सजाय दिइन्छ ।

एसपी रीमा राजेश्वरीले जिल्लामा अभियान नै चलाइन् जसअनुसार ट्राफिक नियम उल्लंघन गर्नेलाई वृक्षारोपण गराइन्छ । एसपी रीमा यसअघि गलत समाचार रोक्ने आफ्नो प्रयासका कारण चर्चामा थिइन् । यसपटक उनले ट्राफिक नियम कडाइपूर्वक लागू गर्नुका साथै जिल्लालाई हराभरा बनाउने संकल्प गरेकी छन् ।

रिमा राजेश्वरीले भनिन्, ‘मैले ट्राफिक नियम कडाईपूर्वक पालना गर्ने सोचे र उल्लंघन गर्नेलाई वृक्षारोपण गराउने निर्णय भयो । यसबाट ट्राफिक नियमको कडाईपूर्वक पालना हुन्छ भने अर्कोतिर रुख लगाउँदा जिल्ला हराभरा बन्छ ।’

तेलंगनामा केही समयदेखि यस्ता दुर्घटनाका घटना बढेका छन् । खासगरी तेलंगना र कर्नाटकलाई जोड्ने एनएच–४४ सडकमा ठूला दुर्घटना भए । धेरै मानिसहरुले यात्रा गर्ने यो राजमार्ग धेरै संवेदनशील मानिन्छ । सडक दुर्घटना कम गर्नका लागि ट्राफिक प्रहरी रोड सुरक्षासम्बन्धि ब्यानर र पोस्टर लिएर सडकमा हुन्छन् । खासगरी नाबालिक चालकमाथि उनीहरुको नजर रहने गर्छ ।

यस्तै हेलमेट नलगाउने, चालक अनुमतिपत्र नभएका चालकमाथि पनि निगरानी राख्ने गरिएको छ । यस्तालाई पक्राउ गरिएपछि सिधै लगेर वृक्षारोपण गर्न लगाइन्छ । विरुवा किन्ने पैसा पनि नियम उल्लंघन गर्नेबाट नै लिइन्छ । कोही नाबालक सवारी चालक पाइएमा पनि उनीहरुका बाबुआमा बोलाएर उनीहरुबाट पनि वृक्षारोपण गराइन्छ ।

गत महिना तेलंगना सरकारले हरित हरम नामको अभियान सुरु गरेको थियो । यसको लक्ष्य प्रदेशलाई हराभरा बनाउनु हो । सडक दुर्घटना रोक्नका लागि सरकारले हाईवेमा नै बुथ पनि राखेको छ । जहाँ हरेक समय प्रहरी तैनाथ रहेका हुन्छन् । गडवाल जिल्लामा प्रहरी विभागले सबै प्रहरी थानालाई पनि यो कारबाही बारे जानकारी गराएको छ र २ लाख विरुवा रोप्ने लक्ष्य राखेको छ ।

जोगुलंबा गडवाल प्रहरीले आफ्नो फेसबुक पेजबाट पनि अभियान सुरु गरेको छ । ताकि यसबाट सबै मानिसले जानकारी लिन सकुन् । यसरी जानकारी पाएर पनि ट्राफिक नियम उल्लंघन गर्नेले भने विरुवा किनेर रोप्ने सजाय भोग्नैपर्छ । यसबाट ट्राफिक नियम उल्लंघनको समस्या समाधान र सहरलाई हराभरा बनाउने अभियान एकैपटक अघि बढिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *