Sajhamanch Archive

ओली–प्रचण्ड छलफल बालुवाटारमा सुरु

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भइरहेको छ । केही बेरअघि बालुवाटारमा सुरु भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा छन् । तर, छलफल टुङ्गोमा पुग्न सकेको छैन । प्रधानमन्त्री ओली र प्रचण्डबीच मोडालिटीमै कुरा नमिलेको हरिबोल गजुरेल बताउँछन् ।

कसलाई राख्ने र कसलाई हटाउने भन्नै दुई अध्यक्षको मत बाझिएपछि छलफल निष्कर्षविहीन बनेको बालुवाटारनिकट स्रोत बताउँछ । मन्त्रिपरिषद् पुनर्गठनमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बाधक बनेका छन् । प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई पुनर्गठन हुँदा मन्त्री बनाउनुपर्ने पक्षमा छन् । तर, ओलीले अदालतमा मुद्दा नै परिसकेकाले बनाउन नहुने पक्षमा छन् ।

वामदेवविरुद्धको मुद्दाको पेसी भोलि अर्थात् असोज १४ गतेलाई तोकिएको छ । भोलि सुनुवाइ हुने सम्भावना रहेकाले त्यसपछि मात्रै पुनर्गठन गर्नुपर्ने तीन नेताको अडान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *