कमल गाउँपालिकामा क्वारेन्टाइन राखिएको विद्यालय सेनिटाइजर गरिदै
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकाले क्वारेन्टाइनका रुपमा रुपमा प्रयोग गर्दै आएको विद्यालयलाई सेनिटाइजर गरिंएको छ ।
गाउँपालिकाले कोभिड १९को संक्रमण समुदायमा फैलिन नदिन विदेशबाट आएका नागरिकलाई सुरक्षित राख्नका लागी कमल गाउँपालिका वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयलाई सेनिटाइजर गरिएको हो ।
हाल विद्यालयको क्वारेन्टाइनलाई कमल गाउँपालिका निर्माणको कोभिड अस्पतालमा सारिएको छ ।
सोमवारबाट गाउँपालिकाले आफ्नै स्वामित्व रहने गरी कोभिड १९ अस्पताल र क्वारेन्टाइन निर्माण गरेपछि विद्यालयलाई खाली गरिसँगै सरसफाई र सेनिटाइजर गरिएको कमल गाउँपालिका स्वास्थ्य शाखाका अधिकृत ईन्द्र अर्यालले जनाकारी दिए ।
विद्यालयबाट क्वारेन्टाइन हटाएपछि आगामी २०७७ साल असोज १७ गतेबाट नियमित रुपमा विद्यालय सञ्चालन गरिने शहिद धर्मधक्त माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिए ।
Comments