Sajhamanch Archive

एक वर्षमा मेचीनगरबाट १५९३ गर्भवतीले लिए सेवा

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट आर्थिक वर्ष २०७६/२०७७ मा १ हजार ५ सय ९३ जना गर्भवतीले सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुती सेवा लिएका हुन् ।

उनका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाच वापत १ सय २० जनालाई ९६ हजार, यातायत खर्च वापत २ लाख ७२ हजार र शोधभर्ना रकम वापत संस्थालाई २ लाख ७२ हजार गरी कुल रकम ६ लाख ४० हजार रुपैयाँ रहेको छ । नगरभित्रका विभिन्न स्वास्थ्य केन्द्रबाट नियमित सेवा सञ्चालन भइरहेको राईको भनाइ छ ।

नगरभित्रका बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, दुहागढी र धाइजन गरी ५ वटा स्वास्थ्य चौकी, धुलावारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारी एउटा, मागुरमाडी र सुरेन्द्रनगरमा दुईवटा शहरी स्वास्थ्य केन्द्र तथा तिरिङमा सामुदायिक स्वास्थ्य केन्द्रबाट अत्यावश्यक आधारभूत स्वास्थ्य सेवाहरु प्रदान गरीएको संयोजक राईको भनाइ छ ।

धुलावारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरवन्दी रहेको उनले बताइन् । नगरभित्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र नगरका १५ वटा वडाको एउटै मात्र निःशुल्क प्रसुती सेवा दिने स्वास्थ्य केन्द्र हो । जहाँ प्रसुती गराइन्छ । आमा र नवजात शिशुको मृत्यु दर कम गर्नु यसको मुख्यः उद्देश्य रहेको छ ।

यसैगरी, काँकरभिट्टा स्वास्थ्य चौकीमा दैनिक १० देखि १५ जना गर्भवती सेवा लिन आउनु गरेको केन्द्रका सिनियर अनमि भद्रिका विसुंखेले जानकारी दिइन् ।

नगरका सरकारी स्वास्थ्य केन्द्रले एकवर्षको अवधिमा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत २०७६ कार्तिक २ र ३ तथा २०७७ असार २२ र २३ गते महिला स्वास्थ्य स्वयम् सेविकाहरुद्वारा नगरभरिका ६ महिनादेखि ५ वर्ष मूनिका १० हजार २ सय ५२ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि वितरण गरिएको थियो ।

उक्त कार्यक्रमका लागि १ लाख ८१ हजार १ सय रुपैयाँ खर्च भएको जनाईएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *