Sajhamanch Archive

आईपीएल : हैदरावादको पहिलो जित

Published: in खेलकुद by .

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । सिजनको आफ्नो तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो ।

सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो ।

दिल्लीका लागि शिखर धावनले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै रिशव पन्तले २८ रन बनाउँदा शिम्रोन हेटमायर २१ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिँदा कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । हैदरावादका लागि जोनी बेरेस्टोले अर्धशतकीय पारी खेले । ४८ बल खेलकका बेरेस्टोले ५३ रन बनाए ।

त्यस्तै डेविद वार्नरले ४५ रन बनाउँदा केन विलियम्सनले ४१ रनको योगदान गरे । हैदरावादका लागि हैदरावादका लागि अब्दुल सामले १२ रन बनाए । बलिङतर्फ दिल्लीका लागि अमित मिश्रा र कगिसो रबाडले समान दुई–दुई विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *