Sajhamanch Archive

झापामा ३ महिलासहित १० जनालाई कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार झापामा तीनजना महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगर नगरपालिका वडा नं.१० र १३ का ३९,४० वर्षीय २ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं. ४ र ५ का २१,२३ र २४ वर्षीय २ जना महिला र १ जना पुरुष, भद्रपुर नगरपालिका वडा नं. ५ का २८ -२८ वर्षीय १ जना महिला र १ जना पुरुष रहेको बताए ।

यसैगरी कचनकवल गाउँपालिका वडा नं.७ का ३५ वर्षीय १ जना पुरुष र गौरादह नगरपालिका वडा नं. ७ का २२ वर्षीय १ जना पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए ।

उनीहरु मध्ये बिर्तामोडका २ जना स्वास्थ्यकर्मी र १ जना भारतिय नागरिक तथा झापा गाउँपालिकाका १ जनाको विराटनगरस्थित कोशी अस्पताल र गौरादहका संक्रमितको टेकुबाट स्वाबको नमुना संकलन गरिएको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८७० पुगेको छ । निको हुनेको संख्या ७८४ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *