Sajhamanch Archive

प्रदेश १ मा थपिए १५७ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला र १० पुरुष, कटहरीमा ४ महिला र ७ पुरुष, कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ५ महिला र १३ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, इनरुवामा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको विर्तामोडमा २ महिला र १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७९८ पुगेको छ ।

प्रदेश १ मा आज ५३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आइसोलेसनबाट ५–५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *