Sajhamanch Archive

इलाका प्रहरी कार्यालय बुधबारेको ‘समुदायसँग चिया’ कार्यक्रम

Published: in समाज by .

बुद्धशान्ति । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बुधबारेले आज विभिन्न मिडियामा आवद्ध रहेका पत्रकारसँग अन्तर्कृया गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेले उक्त अन्तर्कृयालाई समुदायसँग चिया नाम दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट भर्खरै मात्र इप्रका बुधबारेका इन्चार्जका रूपमा आएका निराजन कटुवालले प्रहरी र पत्रकार एकअर्कामा सधैं पारस्परिक रहने हुँदा सहयोग गर्दै अघि बढ्नुपर्ने बताएका छन् । उनले हरेक सूचनालाई समन्वयकारी भुमिकाको रुपमा निर्भाह गर्दै अघि बढ्न सहयोग गर्न पत्रकारहरुसंग आग्रह गरे ।

त्यस्तै ट्राफिक प्रहरी कार्यालय बुधबारेका प्रमुख गणेशबहादुर कार्की र भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय चन्द्रगढिबाट असईका रूपमा आएका अर्जुन कार्कीले समेत हरेक गतिविधिमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

अन्तर्कृया कार्यक्रममा चन्द्र कोईराला, पत्रकार उमाकान्त खनाल, अनिल वाग्ले, तीर्थ तिम्सिना, रोसन भट्टराई लगायतले आ आफ्नो धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *