Sajhamanch Archive

सेनामा कोरोना संक्रमितको संख्या २३५६ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाली सेनामा कार्यरत २३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार संक्रमितमध्ये ७९१ जना डिस्चार्ज भएका छन् । १५ सय ६३ सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणकै कारण हालसम्म दुई सैनिकको ज्यान गएको छ । सेना क्‍वारेन्टिन, आइसोलसन, संक्रमितको शव व्यवस्थापनलगायतमा सक्रिय रहँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *