Sajhamanch Archive

बलात्कार आरोपमा वडासचिव पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

जनकपुरधाम । दलित महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा महोत्तरीका एकजना वडासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भंगहा नगरपालिका वडा नं.९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दिए ।

सोही वडाकी एकजना दलित महिलाले जबरजस्ती करणी गरेको मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी केसीले बताए ।

महिलाले बजारबाट घरतर्फ जाँदै गर्दा मदिरा सेवन गरेका यादवले जबरजस्ती करणी गरेको बयान प्रहरीसमक्ष दिएकी छन् । महिलाको मेडिकल जाँच गराउने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *