Sajhamanch Archive

वैशाखयता प्राकृतिक विपदमा परेर ४०२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । गएको वैशाख महिनायता बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा परेर चार सय दुई जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि असोज १४ गते बुधबारसम्ममा बाढी, पहिरो र चट्याङबाट चार सय दुई जनाको ज्यान गएको छ भने चार सय ३९ जना घाइते भएका छन् ।

यस्तै एक सय एकजना हराइरहेका छन् । पहिरोमा परेर दुई सय २५ जनाको ज्यान गएको छ भने ६४ जना हराइरहेका छन् ।

त्यस्तै बाढीमा परेर ४२ जनाको ज्यान गएको छ भने ३७ जना बेपत्ता छन् । यस्तै यो अवधिमा चट्याङ लागेर ६५ जनाको ज्यान गएको छ । मनसुन सुरु भए यता मात्रै प्राकृतिक विपदमा परेर तीन सय ६७ जनाको ज्यान गएको छ भने तीन सय १७ जना घाइते भएका छन् ।

यस्तै एक सय जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *