Sajhamanch Archive

झापामा ५ जना महिलासहित १० जनालाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार झापामा ५ जना महिलासहित १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.१, ५ र ८ का २२, ६०, ३५ र ४८ वर्षका २ महिला र २ जना पुरुष, अर्जुनधारा नगरपालिका वडा नं.६ र ८ का २८ र ३३ वर्षका २ जना पुरुष रहेको बताए ।

त्यस्तै गौरादह नगरपालिका वडा नं.५ का ४८ वर्षका १ जना महिला र कनकाई नगरपालिका वडा नं.३ र ९ का ३४, ९० र ४७ वर्षका २ महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

उनीहरु मध्ये बिर्तामोडका १ जना सुरक्षाकर्मी इटहरी–२ का हुन् । अर्जुनधाराका १ जना विराटनगर स्थित कोशी अस्पताल र गौरादह नगरपालिकाका १ जना संक्रमितको नोवेल अपतालमा स्वाबको नमुना संकलन गरिएको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८८० पुगेको छ । निको हुनेको संख्या ७८९ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *