Sajhamanch Archive

गोमनसिंहका हत्यारा जेल चलान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी। शिवसताक्षी नगरपालिका वडा नं. ११ का गोमसिंहका हत्यारा कारागार चलान भएका छन् । पछाडीबाट धारिलो हतियार प्रहार गरेर आफ्नै साथीलाई हत्या गर्ने शिवसताक्षी ८ का मनकुमार लिम्बु कारागार चलान भएका हुन् ।

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको विहीबार भएको आदेशानुसार लिम्बुलाई पुर्पक्षको लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको हो ।

गएको भदौ १७ गते बिहान शिवसताक्षी ११ स्थित झिलझिले स्थित सताक्षीधाम जाने सडकको किनारमा २९ वर्षीय गोमनसिंह मगरको सव भेटिएको थियो ।

१६ गते साँझ गोमनसिंहलाई फोनबाट बोलाई सतासीधाम घुम्न जाने बहानामा आधीबाटो पुगेपछि साथीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

उनीहरु दुवै जना केही समय अघि  बैदेशिक रोजगारीको क्रममा बराइन बस्दाका साथी थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *