Sajhamanch Archive

ब्राउन सुगरसहित कचनकवलबाट एकजना पक्राउ

Published: in समाज by .

झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजनालाई झापा प्रहरीले बिहीबार दक्षिणी कचनकवल गाउँपालिकाबाट पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भारतको किसनगन्ज घर भएका ३२ वर्षीय फरबेद आलमलाई १४.८९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपाल प्रवेश गर्न लाग्दा प्रहरीले आलमलाई चेकजाँच गरेको थियो । खानतलासीका क्रममा उनको साथमा ब्राउन सुगर भेटिएको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *