Sajhamanch Archive

आजको मौसम यस्तो छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अरु ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ । नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने मौसमविद् शाक्यको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *