ओली–प्रचण्ड भेट, सरकारले गरेका राजनीतिक नियुक्तीका विषयमा
Published: (Updated: )
by .काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल शुक्रबार विहान साढे नौ बजे बालुवाटार पुगेका थिए।
ओली र दाहालबीचको भेट यसअघि कै निरन्तरता भएको बताइएको छ। ‘अध्यक्षद्वयबीच झण्डै एक घण्टा छलफल भयो,’ अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने।
दुई अध्यक्षबीच भएको भेटमा सरकारले बिहीबार विभिन्न मुलुकमा राजदूत सिफारिस गरेको विषयमा वरिष्ठ नेता माधव नेपाल पक्षले असन्तुष्टि जनाएको विषयमा छलफल भएको बताइएको छ।
वरिष्ठ नेता नेपाल समूहले पार्टीमा छलफल नै नगरी सरकारले राजनीतिक नियुक्ती गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। अध्यक्षद्वयबीच मन्त्रिपरिषद पनर्गठन, पार्टी एकताका कामलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ।
Comments