Sajhamanch Archive

विराटनगरकी थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु

Published: in समाज, स्वास्थ्य by .

विराटनगर । कोरोना सक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– १४ की ७२ वृद्धाको मृत्यु भएको हो ।

उपचार केन्द्रका प्रमुख डाक्टर दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी संक्रमित महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । उनलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । महिलामा स्वासप्रश्वास र मिर्गौलाको समस्या थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *