Sajhamanch Archive

सुर्योदय नगरपालिकामा ओएसीस डेरी उद्योगको उद्घाट्न

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by .

इलाम । इलाम सुर्योदय नगरपालिका वडा न १३ किरण टोलमा आज एक कार्यक्रमको आयोजना गरी ओएसीस डेरी उद्योगको उद्घाट्न गरिएको छ । १६ लाख रुपौया बाट सञ्चालन गरीएको उद्योगमा ४ जनाको सेयर रहेको डेरी सञ्चालक रुपेन राईले बताए ।

 

 

 

 

ओएसीस डेरी उद्योगकमा संकलित दुग्धहरुलाई छुर्पी ,घिउ ,दहि ,मोहि लगाएतका परिकार बनाईने भएको छ । पछिल्लो पटक गाईपालनमा कृषकहरुले गाईको दुग्धको राम्रो भाउ नपाउदा मार्कामा परेका छ्न ।किशानहरुलाई प्रोत्साहन एवम आत्मा निर्भर गराउन गाउमा नै डेरी सञ्चालन गरिएको र राम्रो दामले डेरिले दुग्ध किन्दा गाई पालन सँगै दुग्ध बढाउने उद्देश्य रहेको डेरी सञ्चालक रुपेन राई बताउछन् ।

रुपेन राई ,हिमाल राई, सन्तोष राई र दिपेश राई को लगानिमा खोलिएको उद्योगमा पहिलो दिन आज १ सय ५० लिटर दुग्ध कृषकहरुबाट संकलित भएको थियो । देशमा भएको बेरोजगारी सँगै गाउमा खोलीको ओएसीस डेरी उद्योगकोमा कर्मचारी राखि रोजगार सिर्जना गारिने सञ्चालकहरुको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *