Sajhamanch Archive

कमल गाउँपालिकामा बन अतिक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा सिम्लेमा रहेको जङ्गल अतिक्रमणको चपेटामा परेको छ ।

गाउँपालिकाको वडा नम्वर ५ सिम्लेमा रहेको सार्वजनानिक वन यतिवेला स्थानिय वासिकै कारण अतिक्रमणमा पर्न थालेकोे गाउँपालिकाले जनाएको छ ।

करिव डेढ दशक अगाडी रतुवा खोलामा आएको वाढीलाई रोक्नकालागी तत्कालिन जिल्ला विकास समितीले जलस्रोेत ऐन अनुसार सार्वजनिक जग्गामा रतुवा चिस्यानी वाढी पीडित सेवा प्रकोप व्यवस्थापन समितीको नामबाट उक्त वनको स्थापना गरिएको थियो ।

पछिल्लो समय वन संरक्षण समितीले वन संरक्षण गर्न नसक्ने भन्दै जिल्ला समन्वय समिती झापा र कमल गाउँपालिकामा समिती खारिजकालागी निवेदन दिएसँगै सो क्षेत्रका स्थानिय वासीले रातारात वन फाड्न थालेपछि वन अतिक्रमणको चपेटामा पर्न थालेको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

जङ्गल अतिक्रमणमा परेको सुचना पाएपछि सुरक्षाकर्मीसहित टोली वन क्षेत्रमा पुगेको थियो । वन फडानी गरेर त्यहाँ भएका रुख दाउरा समेत लगिसेको अवस्था टोलीले जनाएको छ । वन क्षेत्र सुरुक्षाका लागि वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाको अध्यक्षतामा वडा सदस्य र उपभोक्ताको तर्फबाट सदस्य थपगरी समिती बनाएका अधिकृत श्रेष्ठले बताए ।

सुरक्षाकर्मी सहित गाउँपालिकाको प्रविधिक टिम वनमा पुग्दा वनमा धेरै नोक्सानी गरेको पायौं । स्थानिय बासीवाट वनमा अत्यन्तै ठुलो क्षति पुर्याउन नमिल्ने गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीले बताए । हामीले वन क्षेत्रको नापजाँच गरेका र्छौ । अव स्थानिय वासी सँग छलफल र परामर्श गरी वन क्षेत्रलाई घेरावारा गर्ने वन संरक्षणमा सबै जुट्ने छौं । यदी कसैले वनलाई हानी नोक्सानी हुने कार्य गरेमा कानुनी कारवाही गरिने समेत उपाध्यक्ष शिवाकोटीको भनाई छ ।

विधुवा रतुवा खोला दोभानदेखि चाँजु खोलाको दोभानसम्म ४४ विघा क्षेत्रफलमा फैलिएको वनलाई स्थानिय ४० देखि ५० घर धुरीले वनलाई उपयोग गर्दै आएका छन् । जनसहभागीताको आधारमा वन व्यवस्थापन गर्दै वन संरक्षण गर्ने हो भने गाउँपालिका र स्थानिय बासी नै लावान्भित हुने सहायक वन अधिकृत एकराज दाहालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *