Sajhamanch Archive

त्रिशुलीमा ट्रक खस्दा तीनजना घाइते

Published: in समाज by .

चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं.४ धारापानी भन्ने स्थानबाट ना ५ ख ९६२२ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको सो ट्रक आज बिहान करिब ५ बजे सडकबाट झण्डै ८० फिट तल खसेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *