कमल गाउँ पालिकास्तरीय स्थानीय तह कर्मचारी हकहित मंञ्च तदर्थ समिति गठन
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँ पालिका स्तरीय स्थानीय तह कर्मचारी हकहित मंञ्च तदर्थ समिति गठन भएको छ ।
कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपानेको अध्यक्षतामा भएको भेलाले गाउँपालिकाका कर्मचारी अमृत कुमार शाहको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गठन गरेको हो ।
समितीको उपाध्याक्षमा महेश भण्डारी, सचिव रिता कार्की (रिजाल ), सह सचिव देवीप्रसाद फुयाल, कोषाध्यक्ष रेनुका गौतम चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा महेन्द्र बोहरा, आसिमा दाहाल, रिता सुवेदी, सन्दिप निरौला, राम लिम्बू र रबिन गौतम चयन चयन भएको नव गठीत समितीका सचिव रिता कार्की (रिजाल) ले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण मंञ्चका जिल्ला तदर्थ समिति सचिव देवराज आचार्यले गरेका थिए ।
Comments