Sajhamanch Archive

अजरबैजानका तीन वटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी

Published: (Updated: ) in विश्व समाचार by .

नागार्नो । नागार्नो(काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अर्जेन्टिनाका तीन वटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ ।

अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो । यसअघि अर्मेनियाले अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको जनाएको थियो ।

उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो । त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो । अर्मेनियाको रक्षा मन्त्रालयले शनिबार बिहान यहाँको स्थानीय समयानुसार अजरबैजानको जेट विमानलाई खसालिएको जनाएको हो ।

उक्त विज्ञप्तिमा यहाँको रक्षा मन्त्रालयले भनेको छ( शनिबार बिहान करिब ८ः२५ तिर एक र ८ः४६ तिर अरु दुई वटा गरी हामीले शत्रुका तीन वटा जेट विमान खसालिदिएका छौँ । रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले फेसबुक पेजमा सो कुरा लेखेका छन् । उनले उक्त क्षेत्रको दक्षिणी भूभागमा आएका ती विमानहरु खसालिएको जनाएका छन् । सो क्षेत्रमा शनिबार बिहान पनि द्धिपक्षीय भिडन्त जारी नै छ । एएनआई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *