Sajhamanch Archive

नाटाको प्रदेश १ को अध्यक्षमा श्रेष्ठ

Published: in प्रदेश तह, समाज by .

झापा । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) प्रदेश नम्बर १ को अध्यक्षमा काँकरभिट्टाका पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नाटाको शनिबार विर्तामोडमा सम्पन्न साधारणसभाले श्रेष्ठलाई आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध चयन गरेको हो ।

प्रदेश कार्य समितिको वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सिना, महासचिवमा नवीन खरेल, सचिवमा सुरेन्द्र पौडल, कोषाध्यक्षमा सञ्जित तामाङ, सदस्यहरुमा मोहन सिलवाल, जीवन पराजुली, धर्मराज शिवाकोटी र चक्रबहादुर कार्की चयन भएका छन् ।

यसवर्षको नाटा उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको छ । नगद १० हजार १ सय ११ रुपैयाँसहित प्रदान गरिएको सम्मान पत्र साधारणसभाका प्रमुख अतिथि विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष हेमराज वाँस्तोला र अग्रज पर्यटन व्यवसायी मोहन निरौलालाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भुपालराज श्रेष्ठले गरेका थिए भने नाटाका केन्द्रिय महासचिव सुधिर उपाध्याय, केन्द्रीय सदस्य डेन्डी शेर्पा, नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ पर्यटन समिति संयोजक तथा हानका प्रदेश सदस्य भवेशकुमार श्रेष्ठ, फणिन्द्र अधिकारी, राजन श्रेष्ठ, सुमन शर्मा जमरकटेललगायतले आ-आफना धारण राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *