Sajhamanch Archive

विराटनगरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by .

विराटनगर । विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा आइतबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका वडा नं.९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा विहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डाक्टर दिपक सिग्देलले बताए। मोरङको टंकीसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत उनमा असोज १६ गते कोरोना पोजेटिभ देखिएको थियो।

विराटले रेफर गरेपछि १७ गते उनलाई कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *