Sajhamanch Archive

संक्रमण भारतमा धेरै, मृत्यु ब्राजिलमा

Published: in विश्व समाचार by .

विराटनगर  । छिमेकी मुलुक भारत विश्वमा कोरोना भाइरस संक्रमणबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा छ भने ब्राजिल तेस्रो नम्बरमा छ ।

तर पछिल्लो समय संक्रमण दर उच्च रहेको भारतभन्दा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ब्राजिलमा धेरै छ । भारतमा हालसम्म ६५ लाख ४७ हजार चार सय १३ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन ७५ हजार चार सय ७९ जना नयाँ संक्रमित थपिए ।

भारतमा जम्मा संक्रमितमध्ये ५५ लाख छ हजार सात सय ३२ जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ३८ हजार आठ सय ६९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा संक्रमित संख्या ४९ लाख छ हजार आठ सय ३३ छ । एक दिनमा २४ हजार छ सय दुई जना नयाँ संक्रमित थपिए । ४२ लाख ४८ हजार पाँच सय ७४ जना उपचारपछि घर फर्किएका छन् । पाँच लाख १२ हजार दुई सय ७२ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमाभन्दा भारतमा दैनिक थपिने नयाँ बिरामीको संख्या अत्याधिक छ । संक्रमित संख्या पनि ब्राजिलमाभन्दा भारतमा १६ लाख ४० हजार पाँच सय ८० ले बढी छ । तर ज्यान गुमाउने कोरोना संक्रमित भारतमाभन्दा ब्राजिलमा धेरै छन् ।

हालसम्म ब्राजिलमा एक लाख ४५ हजार नौ सय ८७ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ५६ जनाको ज्यान गयो । भारतमा हालसम्म कोरोना संक्रमित एक लाख एक हजार आठ सय १२ जनको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नौ सय ३७ जनाले ज्यान गुमाए । भारतमाभन्दा ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ हजार एक सय ७५ ले बढी रहेको छ ।

अमेरिकामा हालसम्म ७६ लाख तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एकै दिनमा ४८ हजार चार सय ३१ जना नयाँ संक्रमित थपिए । कोरोनाका कारण दुई लाख १४ हजार दुई सय ७० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा सात सय ४८ जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये ४८ लाख १४ हजार पाँच सय ५० जना उपचारपछि कोरोना पराजित गर्दै घर फर्किएका छन् । २५ लाख ७१ हजार पाँच सय ३२ जना उपचाररत रहेकोमा १४ हजार एक सय ६४ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ५१ लाख १९ हजार आठ सय ४४ पुगेको छ । एक दिनमा दुई लाख ९१ हजार नौ सय ४१ नयाँ संक्रमित थपिए ।

कोरोनाका कारण १० लाख ३७ हजार चार सय ६७ जनाको मृत्यु भइसकेको छ । एकै दिन चार हजार सात सय ३४ जनाले ज्यान गुमाए । दुई करोड ६१ लाख सात हजार चार सय ६८ जना उपचारपछि घर फर्किएका छन् । ७९ लाख ७४ हजार नौ सय नौ जना उपचाररत रहेकोमा ६६ हजार दुई सय ४९ जनाको स्वास्थ्य अवस्था खराब छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *