Sajhamanch Archive

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते

Published: in समाज by .

हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका वडा नं.६ स्थित उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घाइते सबैको प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *