Sajhamanch Archive

बालबालिकालाई एसपी कोइरालाको भर्चुअल सन्देश

Published: (Updated: ) in लोकप्रिय, समाज by .

झापा । जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बालबालिकालाई ‘साइबर अपराध’ सम्बन्धी भर्चुअल सचेतना प्रदान गरेका छन् ।

उनले कोरोना भाइरसको उच्च जोखिमका कारण देश र समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरु न्यूनीकरण गर्नका निमित्त आइतबार भिडियो कन्सफ्रेन्समार्फत सचेतना प्रदान गरेका हुन् ।

एसपी कोइरालाले दमक र कन्काईमा रहेका नगर बाल सञ्जाल  एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिश बोर्डिङ स्कुल दमकका २२ जना बालबालिकाहरुलाई अनलाईनबाटै भिडियो कन्सफ्रेन्सको माध्यमद्वारा अपराधका घटनाबाट जोगिन अप्नाउनु पर्ने तरिकाका बारेमा जानकारी दिएका थिए ।

उनले साइबर अपराधका घटना भएमा प्रहरीसम्म कसरी पुग्ने, कानुनी प्रावधानका बारेमा कार्यालयबाटै जानकारी गराई यस्ता गतिविधिमा बालबालिकाहरुलाई संलग्नता नहुन आग्रह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *