Sajhamanch Archive

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट आजै डिस्चार्ज हुनसक्ने

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । उनका आजै अस्पतालबाट डिस्चार्ज हुनसक्ने चिकित्सकहरुले जानकारी गराएका छन् ।

उपचारमा सलग्न डा. सिन कोन्लेले कोरोना पुष्टि भएयता राष्ट्रपतिको अक्सिजन लेभल घटेसंगै अक्सिजन दिएको र डेक्सामेथासोन नामक स्टेरोइड चलाइएको बताएका छन् ।

उनलाई शुक्रबार अस्पताउन लानु अघि नै मिश्रित औषधियुक्त इन्जेक्सन दिइएको । साथै चिकित्सकहरुले रेमडेसिभिर एन्टिभाइरल औषधी पनि चलाइएका थिए । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *