Sajhamanch Archive

बिर्तामोडका कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । झापा बिर्तामोडका एकजना बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उपचारका लागि विराटनगरको नोवेल हस्पिटल विराटनगर लगिएका बिर्तामोड नगरपालिका वडा नं.५ का ८३ वर्षिय खत्री थरका बृद्धको हिजो दिउँसो ३:३० बजे मृत्यु भएको हो । ज्वरो र छातीमा समस्या भएर विराटनगर लगिएका ती बृद्धको असोज १८ गते त्यही स्वाब संकलन गरिएको थियो । हिजो राति ११ बजे उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।

मृत्यु भएपछि ती बृद्धमा संक्रमण पुष्टि भएको हो । उनको लाश ल्याउने तयारी भइरहेको विराटनगर पुगेका बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । उनले लाश लैजानका लागि नेपाली सेनालाई बोलाइएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *