Sajhamanch Archive

सीमा विवादलाई लिएर भारत र चीनलेबीच फेरि वार्ता तय

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । लामो समयदेखि जारी सीमा विवादलाई लिएर भारत र चीनले फेरि वार्ता गर्ने भएका छन् । १२ अक्टुबरमा कोर कमान्डर लेभलको वार्ता हुने भएको हो । भारत–चीन सीमाक्षेत्र एलएसी तनावका बीच वार्ता गर्न लागेका हुन् । दुबै पक्षले सीमा विवाद समाधान गर्न हालसम्म कोर कमाण्डर स्तर वार्ता गरेका छन ।

सेना स्रोतका अनुसार कोर कमान्डर स्तर वार्ता पूर्वी लद्दाख सेक्टरमा १२ अक्टुबरमा हुनेछ । यस अघि छैठो वार्ता सम्पन्न हुँदा भारतले यस वार्तामा परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई सहभागी गरेको थियो ताकि चीन पछाडि फर्कन नसकोस् ।

तपाँईलाई जानकारी गराउँ कि भारतीय र चिनियाँ सेनाले एलएसीमा तिव्र तनावको सामना गरिरहेका छन । सैन्य तनाव पूर्वी लद्दाख क्षेत्रमा बढी छ, जहाँ दुबै सेनाले जाडोमा पनि आफ्नो स्थानमा खडा हुने तयारी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *